Sunday, 13 March 2016

भूकम्पको डरले धादिङमा विद्यालय बन्द,परकम्पले हल्लाउँदा विद्यालयमै रुवाबासी

आइतबार बिहान गएको परकम्पका कारण धादिङ सदरमुकामका विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा पठनपाठन सुरु भएको एक घन्टा नबित्दै धादिङ नै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्पका कारण विद्यालय बन्द गर्नुपरेको हो ।

आइतबार गएको भूकम्पका कारण धादिङबेसी सदरमुकामका विद्यालयका पठनपाठन स्थगित गरिएको छ ।

परक्मपले हल्लाएपछि सदरमुकाम धादिङबेंसीस्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालय र बालमन्दिर माविसहितका विद्यालयको पठनपाठन आइतबारका लागि स्थागित गरिएको हो ।

नजिकै केन्द्रबिन्दु बनाएर गएको परकम्पले कडा धक्का दिएपछि विद्यालयमा हाजिर भइसकेका विद्यार्थीहरु आत्तिएका थिए । परकम्पले हल्लाएपछि विद्यार्थीहरु आत्तिएर रुन थालेका थिए । त्यसपछि विद्यार्थीहरुकै आग्रहमा पठनपाठन स्थगित गरिएको ती विद्यालय प्रशासनले जनाएका छन् ।

‘परकम्पले हल्लाएपछि सबैजना निस्केर रुन थाल्यौँ’, नीलकण्ठ उमाविका छात्रा रश्मी बानियाँले भनिन्, ‘डर लागेपछि आजको पढाइ रोकेर सबै विद्यार्थी घर गएका हौं ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us