Saturday, 12 March 2016

गुण्डा नाइके चरीकी प्रेमिका खुश्बुले सुटुक्क अर्कैसँग गरिन विहे, को हुन् नयाँ पति ?

प्रहरी इन्काउन्टरमा चर्चित डन दिनेश अधिकारी उर्फ चरी मारिँदा विवादमा तानिएकी खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् । शनिबार याक एण्ड यति होटलमा पार्टी दिइएपछि मात्रै थाहा भयोकि खुश्बु ओलीले लगन गाँठो कसिन् ।
लन्डन निवासी सन्तोष कार्कीसँग खुस्बुले विवाह गरेकी हुन् । दिनेश मारिएसँगै बिरक्त्तिएर लामो समय लण्डनमा बस्दै आएकी उनले काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । त्यति चर्चामा नाअएकि खुश्बु ओली चरीको काण्ड पछि निकै चर्चामा आएकि थियीन् ।

प्राप्त सूचनाअनुसार खुश्बुले सन्तोष कार्की नामका युवकसँग विहे गरेकी हुन् । उनको विवाह शनिबार राजधानीको भव्य होटलमा भएको छ । स्रोतका अनुसार शनिवार साँझ याक एण्ड यति होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको छ ।

चरी गत वर्षको साउन २१ मा प्रहरीको मुठभेडमा मारिएका थिए । उनी मारिएपछि खुश्बु निकै चर्चामा आएकी थिइन् । यतिसम्मकी चरीको ‘हत्या’मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी पनि गरेकी थिइन् । उनै खुश्बुले यतिखेर भने चरीलाई विर्सिएर सन्तोषकी अर्धाङगिनी बनेकी छिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us