Saturday, 19 March 2016

खाली पेट चिया पिउने गर्नुहुन्छ, स्वास्थ्यका लागि हानिकारक छ, जान्नुस् खतरनाक कारण !a


हाम्रो देशमा चिया पिउनु एउटा बानी नै हो । कुराकानी गर्दा चियाको चुस्की लिएन भने अधुरो जस्तै लाग्छ ।
देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या विहान उठ्ने वित्तिकै चिया पिउछ । बेड(खाट) टीको कल्चर (संस्कार) सहरमा मात्रै छैन् बल्कि गाउँमा पनि मानिसहरु विहानीको सुरुआत चियाबाटै गर्छन् । तर, यो बानी राम्रो होइन् ।
भर्खरै भएका अध्ययनहरुलाई मान्ने हो भने खाली पेटमा चिया पिउनु एउटा खराब बानी हो । खासगरी गर्मी मौसममा । चियामा केही मात्रामा कफि हुन्छ र साथै यसमा एल–थायनिन, थियोफाइलिन पनि हुन्छ जसले उत्तेजितको काम गर्छ ।
हो । तपाईले विहान उठेर हल्का फुल्का नास्ता खाइसकेपछि चिया खान सक्नुहुन्छ । यसका साथै तपाई एकदमै चिया पिउनुहुन्छ भने सावधानी अपनाउनुस् । यसबाट पेटको आन्द्रामा हानी पुग्छ ।
केही मानिसलाई ब्ल्याक टी पिउन मनपर्छ । उनीहरुलाई चियामा दुध मिलाएर पिउनु राम्रो लाग्दैन् । तर, उनीहरुलाई शायद थाहा नहनुसक्छ कि स्वास्थ्यका लागि यो खतरनाक साबित हुनसक्छ । यसका साथै चियामा राखिने चिनीले तपाईलाई मोटो बनाउन सक्छ ।
विहान उठेर खाली पेट चिया पिउदा हुने हानीहरुः
१) विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।
२) सामान्यतया ब्ल्याक टिलाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।
३) अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आउँछ ।
४) यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।
५) कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us