Wednesday, 23 March 2016

चीनबाट इन्धन आयातको बाटो खुल्यो ,सम्झौतामा हस्ताक्षर गर्न दुई देश सहमत

नेपाल र चीनबीच इन्धन व्यापार, रेलमार्ग विस्तार सहित १५ बुँदे सहमति भएको छ । पारबहनसहित १० बुँदे सम्झौता भएको दुई दिनपछि बुधबार मध्यान्न बेइजिङमा १५ बुँदे सहमति संयुक्त विज्ञप्तिको रुपमा जारी गरिएको हो।

चीन भ्रमणको चौथो दिन बुधबार मध्यान्न प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिमण्डल बेइजिङबाट हाइनानको बोआओ उड्नुअघि अन्तिम समयमा सुंयक्त विज्ञप्ति जारी गरिएको हो। प्रधानमन्त्रीको टोली बेइजिङ विमानस्थल पुग्दासम्म पनि संयुक्त विज्ञप्तिलाई अन्तिम रुप दिने काम भइरहेको थियो। दश बुँदे सम्झौता नपरेका तर नेपाल र चीनबीच संभाव्यता अध्ययनको चरणमा रहेका विषयप्रति प्रतिवद्धता जनाउँदै संयुक्त विज्ञप्ति आएको हो।

चीनले नेपालमा तिब्बत रेलमार्ग विस्तारको संभाव्यता अध्ययन गर्न प्राविधिक र आर्थिक सहयोग गर्ने सहमतिको प्रमुख बुँदामा छ। सहमति अनुसार चार वर्षभित्र तिब्बतको केरुङ आइपुग्ने रेलमार्ग काठमाडौँ र त्यहाँबाट पोखरा हुँदै लुम्बिनीसम्म विस्तारका लागि संभाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन तयार गर्न चीनले प्राविधिक र आर्थिक सहयोग गर्ने उल्लेख छ।

चीन–नेपालबीच भएको अर्को महत्वपूर्ण सहमति चीन–नेपालबीच इन्धन व्यापार गर्न मूल्य, कर, ढुवानी, भन्सार आदि विषयमा छलफल गर्ने उल्लेख छ। त्यस्तै नेपालमा इन्धन भण्डारण स्थल निर्माण गर्न दुई पक्ष सहमत भएका छन् । त्यस्तै अरुण किमाथांका जलविद्युत, अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माण सम्बन्धी संभाव्यता अध्ययन गर्न चीनले प्राविधिक र आर्थिक सहयोग गर्नेछ ।

संयुक्त विज्ञप्तिमा चीनले नेपालको नयाँ संविधानलाई स्वागत गर्दै यसलाई राजनीतिक स्थिरता र आर्थिक विकासको अवसरका रुपमा सदुपयोग गर्न नेपाललाई शुभकामना दिएको छ भने नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ । नेपाल र चीनले प्रधानमन्त्री ओलीको भ्रमणपछि दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास गरेका छन्।

banner-300X250

- See more at: http://nagariknews.com/breaking-news/story/62263.html#sthash.oj8reKlz.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us