अष्ट्रेलियाको एडिलेडमा सोमबार अष्ट्रेलियन आर्मी र टिम नेपालबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपालले ९ विकेटको जीत हासिल गरेको छ ।
दक्षिण अष्ट्रेलियाको एडिलेडमा भएको २० ओभरको खेलमा नेपाली टोली टिम नेपालले अष्ट्रेलियन आर्मीविरुद्ध सहज जीत हासिल गरेको हो । टस जितेर बलिङ रोजेको टिम नेपालले अष्ट्रेलियन आर्मीको टोलीलाई ४४ रनमा अल आउट गरेको थियो । जितका लागि नेपाली टोलीका सुबिग्य वाग्लेले ३ विकेट, दिपक अधिकारी, दिपक क्षेत्री र सन्तोष अधिकारीले २-२ विकेट लिएका थिए भने निरेन श्रेष्ठले रन आउट गर्दै एक विकेट लिएका थिए ।
प्रतियोगिताको जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । जसका लागि रोमी कार्कीले १८ रन लिए भने नट आउट रहँदै दिपक क्षेत्रीले १० रन र निरेन श्रेष्ठले ७ रन लिएका थिए । खेल अवधिभर अष्ट्रेलियन आर्मीले राम्रो खेल प्रदर्शन गर्न सकेन् । ‘वास्तवमा नै आजको दिन हाम्रो लागि विशेष महत्त्वपूर्ण रहयो, क्लबका अध्यक्ष तथा खेलाडी सन्तोष अधिकारीले भने, 'हामीले पाएको अवसरलाई राम्रो सदुपयोग मात्र गरेनौ कि खेल समेत सहज जित्न सफल भयौं ।’
साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसनले आयोजना गरेको यस प्रतियोगिता अवधिभर नेपाली परम्परागत पोशाक लगाएका नेपालीहरुले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । पारस जोशीको कप्तानीमा उत्रिएको नेपाली टोलीको खेल कौशलतालाई कार्यक्रममा सहभागी एडिलेडका लर्ड मेयर मार्टिन हाइसले समेत प्रशंसा गरेका थिए । एडिलेड कपको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगितामा नेपाली टोलीले पहिलोपटक खेल खेल्ने अवसर पाएको हो ।
खेल समाप्ति पश्चात नेपाली युवतीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा नेपाली खानाको स्टल समेत राखिएको थियो । कार्यक्रममा एडिलेडका मेयर, राजनीतिक दलका नेताहरुका साथै अन्य विशिष्ट ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।