Monday, 7 March 2016

चिनियाँ राष्ट्रपति नेपाल आउने

 प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत हुँदै नेपाल आउने संकेत बेइजिङले दिएको छ । ६ महिनापछि दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्न राष्ट्रपति उत्सुक रहेको चीन सरकारनिकट स्रोतले बताएका छन्।नागरिक दैनिकमा समाचार छ।

उदीयमान पाँच अर्थतन्त्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को समूह ब्रिक्सको अध्यक्षता गत फेब्रुअरीदेखि भारतले गरिरहेको छ । डिसेम्बरसम्म अध्यक्षता गर्ने क्रममा भारतले दिल्लीमा ब्रिक्स सम्मेलन आयोजना गर्ने तयारीमा छ । सेप्टेम्बर–अक्टोबरमा हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित ब्रिक्स राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।

ब्रिक्स सम्मेलनमा सहभागी हुन दिल्ली जाने क्रममा चिनियाँ राष्ट्रपतिले दक्षिण एसियाका भारत, नेपाल र बंगलादेश भ्रमण गर्ने तयारी गरिरहेको स्रोतले उल्लेख गरेका छन् । दुई वर्षअघि चिनियाँ राष्ट्रपतिले माल्दिभ्स, श्रीलंका र भारत भ्रमण गरेका थिए भने गत वर्ष पाकिस्तान गएका थिए । दक्षिण एसियाका नेपाल र बंगलादेशमा राष्ट्रपति सीको यो पहिलो भ्रमण हुनेछ ।

राष्ट्रपति ज्याङ जेमिनले १९९६ मा नेपाल भ्रमण गरेयता कुनै चिनियाँ राष्ट्रपति नेपाल आएका छैनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us