Thursday, 17 March 2016

अमेरिकामा नेपाली मूलका शरणार्थी माथि सांघातिक हमला

विजय थापा ,वाशिंगटन डिसी-
अमेरिकाको न्यु योर्क सहरको रोचेस्टरमा बसोबास गर्ने ४ जना छोराछोरीका पिता खड कट्टेल नामका नेपाली मूलका शरणार्थी माथि भीषण आक्रमणमा परि अस्पताल भर्ना भएका छन् l खड कट्टेलका परिवारका अनुसार गत आइतबार रोचेस्टर हाइल्याण्ड भाडाको घर (अपार्टमेन्ट) नजिकको वेस्टफल सडकमा हिडी रहेको अवस्थामा पछाडि बाट सांघातिक हमला गरी बेहोस हुने गरी हिर्काएर हमलाबर भागेका छन् l उनका परिवार अनुसार उनलाई पिट्नुको साथी चक्कुले आक्रमण गरी २ या ३ जना मानिसले ढलेर उठ्नु भन्दा अगाडी अपहरण समेतको प्रयास गरेको बताएका छन् l के भयको हो ? के समान उनीबाट लगिएको भन्ने पुष्टि नभएको बताएका छन् l

ढलेका खड्का कट्टेल उठेर जाने क्रममा उनका छोराले रगताम्मे र बेहोसी देखे पछि प्रहरीलाई खबर गरेका थिए l हाल उनका भतिजा शिव कटेल अनुसार सबै जना दुखी भएको र समुदायमा के भएको भनी चिन्ता व्यक्त गरेका छन् l

उनको उपचार स्ट्रोंग मेरोरिएल अस्पतालमा उपचार भई रहेको र स्वस्थमा सुधार भई रहेको प्रहरीलेले जनाएको छ l उक्त न्युयोर्कको नेक्स्टार प्रसारणमा छापेको छ l कटेलका भतिज २० वर्षीय दुर्गा कटेल आफ्ना पिताका भाइ लाई पनि २ महिना अगाडी मात्र बस पर्खने क्रममा पिटेको बताएका छन्

तस्बिर :बिल विसमेएर

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us