Saturday, 19 March 2016

नेपाल भ्रमणमा रहेका ह्यारीद्धारा विश्वभरका नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह

कृपया आउनुहोस फेरि पनि नेपाल भ्रमण गर्नुहोस' नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएकै दिन बेलायती राजकुमार ह्यारीले अन्तर्राष्ट्रिय समूदायलाई गरेको अपिल हो यो । उनले संसारभरका नागरिकलाई यसप्रकारले अपिल गर्दै भूकम्पपछि नेपालको विकासका लागि हातेमालो गर्न यसरी आह्वान गरेका हुन् । उनले नेपालको प्राकृतिक सौन्दर्यको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँ भ्रमणमा आउन सबैमा आग्रह गरेका हुन् ।

भुकम्पको खवरले दुखी बनेका ह्यारी (हेनरी चार्ल्स अल्वर्ट डेभिड) ले भुकम्प गएको एक बर्षस पुग्नै लाग्दा आफू नेपाल आएको र भूकम्पपीडित नेपालीको जीवन बारे अझै केही गरौ भनेर लागेकेा बताए । बैशाख १२ मा गएको विनासकारी भुकम्पबाट ९ हजार बढिले ज्यान गुमाएका थिए भने २२ हजार बढि घाइते भएका थिए । लाखौ नेपाली घरबार विहिन भएका छन् । उनीहरु अझै सामान्य जीवनमा र्फकन नसकेको अवस्था छ । सरकारले अझै राहत प्याकेज र पुर्नस्थापना कार्य अघि बढाउन सकेको छैन् ।

बेलायती राजकुमारले भुकममा परेका मृतक प्रति श्रद्धान्जली र घाइते प्रति साहस जगाउने शब्दहरु खर्चेका छन् । उनीहरुको वर्तमान अवस्था प्रति चासो समेत देखाए । उनी त्यस्ता नागरिक भेट्ने र नेपालको प्रचारको लागि विभिन्न क्षेत्रको भ्रमण समेत गर्नेछन् । विश्वका धेरै मानिस नेपाल भ्रमणको सम्झना गरेका हुन्छन् । नेपालको सौन्दर्यतामा नतमस्तक हुन्छन भन्दै भने, 'म आफु नेपालको सुन्दरता पुस्तकमा र टेलिभिजनमा हेरेर हुर्केको हु ।' नेपाली गोर्खासंग नै आफ्नो मित्रता रहेकोसमेत उनले बताए । गोर्खाहरु नेपालको पहिलो र प्रसिद्ध राजदूत हुन । गोर्खाको लगन, बहादुरी, मानवियता र संवेदनशिलताको उनले खुलेर प्रशंसा गरे । उनले नेपालमा असाधारण सैनिक जन्माउने बाबुआमालाई भेट्न पाउनेछु भन्दै संसारभरका कुनै पनि मानिसले नेपालीलाई विशेष स्थानमा राख्ने गरेको बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दिएको स्वागत कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन । नेपाल बेलायत कूटनीतिक समवन्ध २ सय बर्ष पुगेको अवसरमा बेलायती महारानीको प्रतिनिधका रुपमा काठमाडौं आएका ह्यारीले नेपाल र बेलायत सम्बन्धको स्मरण समेत गरे । उनका हजुरआमाले राज्यरोहण गर्ने कार्यक्रम र नेपालको तेन्जीङ नोर्गे तथा न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको समाचार एक साथ विश्व समाचारको हेडलाइन बनेकोसमेत उनले स्मरण गरे । 'यो दुई देशबीचको सम्वन्धको एउटा महत्वपूर्ण संयोग हो' उनले भने ।

यसअघि उनले प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेट गर्दै भुकम्प पछिको अवस्था र त्यससमय प्रति दुख ब्यक्त गरेका थिए । नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चागरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन दिएका छन् ।

गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको पनि उनले बताए । गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पुर्‍याएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद उनले दिएका थिए ।

प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमारमार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे । भुकम्पपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए । बेलायतले पठाएको चिनुक हेलिकोप्टर भारतको चण्डिगढबाट फिर्ता भएको थियो त्यो समयमा । त्यसपछि बेलायत नेपालसंग गुनासो गर्दै आएको थियो । संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई बेलायतले गरेको समर्थनप्रति प्रसन्नता समेत उनले ब्यक्त गरे । सन् १८५२ मा प्रधानमन्त्री जंगबहादुरको बेलायत भ्रमण गरेपछि दुईदेश बीचको सम्बन्धलाई अघि बढेको हो । बेलायतले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएकोृ छ । सन् १८१५ देखि बेलायतको गोर्खा बि्रटिस फौजमा नेपाली युवाहरु समावेश गरिदै आएको हो । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन् । उनीहरुको सम्मानमा पोखरा पुगेर त्यहा रहेको गोर्खा शालिकमा माल्र्यापण गर्ने कार्यक्रम समेत छ ।

उनी शनिवार २.४५ बजे त्रिभुवन अन्तराष्ट्रिय  विमान स्थाल ओलिएका हुन । नेपालको पुरानो मित्रमुलुक बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड पाँच दिने औपचारिक भ्रमणका आएका हुन । उनको ३५ सदस्यीय टोली कतार यअरलाइन्सबाट बेलायतको हेथ्रो, दोहा हँुदै काठमाडौं आइपुगेको हो । झुस्स कैलो दारी, सामान्य सेतो रंगको सर्ट र गाढा निलो कोटमा उनी विमानस्थलमा हात हल्लाउदै बाहिर निस्केका थिए । उनलाई आफ्नो क्यामेरामा कैद गर्न स्वदेशी तथा विदेशी संचारमाध्यमका फोटो पत्रकारहरु तछाडमछाड गर्दै थिए ।

उनलाई संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्री लगायतको उपस्थिती त्यहाँ थियो ।

राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायर लगायतको उपस्थिती थियो । उनको यो पहिलो पटक नेपाल भ्रमण भएपनि बेलायतको राजपरिवारको पहिलो भ्रमण भने होइन । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्नेछन । गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राख्ोको अन्तराष्ट्रिय संचारमाध्यमहरुका उल्लेख छ । उनी भुकम्प प्रभावित उपत्यकाको क्षेत्रको अवलोकन गर्नेकार्यक्रम छ भने पोखरा र वर्दिया पुग्ने कार्यक्रम पनि तय छ । उनले लम्जुङको गोर्खा परिवारले संचालन गरेको होम स्टेमा रात विताउने र त्यही पदयात्रा गर्ने कार्यक्रम रहेको छ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us