Monday, 28 March 2016

राजधानी काठमाडौंमा भिषण हावाहुरी,बाटोमा हिड्दै गरेका मानिसहरु प्रभावित,क्षतिको विवरण आउन बाँकी

सोमबार अपरान्ह ४ बजे काठमाडौंमा ठूलो हावाहुरी आएको छ। एक्कासी चलेको हावाहुरीले मानिसहरु धेरै मात्रमा प्रभावित भएका छन् ।

यतिबेला काठमाडौं राजधानी धुलो र धुवाले केही देखिएको छैन । बाटोमा हिड्ने मानिसहरु धुलोका कारण धेरै प्रधावित भइरहेको छ । अहिले पनि हावाहुरी चलिरहेको छ ।

हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन्।

केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका हुन्।यस हावाहुरीबाट भएको क्षतिको विवरण भने आएको छ्रैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us