Sunday, 27 March 2016

बिमानमा बम रहेको हल्लापछि काठमाडौंको बिमानस्थल बन्द

काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको जेट एयरको बिमानमा बम राखेको चेतावनी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अहिले बिमानको अवतरण र उडान रोकिएको छ । काठमाडौंमा अवतरण हुनु पर्ने दुई वटा अन्तर्राष्ट्रिय बिमानलाई आकाशमै होल्ड गरिएको छ । बम भएको हल्ला चलेपछि सुरक्षाकर्मीले बिमानलाई सुरक्षित ठाउँमा लगेर खानतलासी गरिरहेका छन् । 

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पत्रकार सम्मेलन सकेर बाहिरिएको केहि समय पछि नै विमानमा बम रहेको हल्ला फैलिएको हो ।

केहिदिनअघि दिल्लीबाट काठमाडौं आउन लागेको जेट एयर र नेपाल एयरलाइन्सको बिमानमा पनि बम रहेको चेतावनी आएपछि विमानलाई दिल्ली बिमानस्थलमा खानतलासी गरिएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us