Saturday, 19 March 2016

जब पुलको एउटा रेलिङले बस भित्रका सबै यात्रुको ज्यान यसरी बचायो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढस्थित लालबकैया खोलाको पुलमा एक यात्रुबाहक बस शुक्रबार राति दुर्घटनाबाट जोगिएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना३ख ५६१९ नम्बरको यात्रु बसको अगाडीे दाहिने तर्फका स्प्रिंग पत्ता भाँचिदा सिमित गतिमा गुडिरहेको बस पुलको रेलिङमा ठक्कर दिएर अड्किँदा ठुलो दुर्घटनाबाट जोगिएको हो ।

चालकको चलाखीले बस दुर्घटनाबाट जागिएको प्रहरी निरिक्षक गुरुप्रसाद तिम्लसेनाले बताए । बसमा करिब ३५ यात्रु मध्ये १५ जनालाई बस भित्रै भागदौड र अतालिंदा समान्य चोटपटक लागेको छ । पुलको बीच भागमा नैं बस तेर्सो परेर अड्किएपछि झन्डै पाँच घन्टा आवागमन बन्द भएको थियो ।

कतिपय यातायातका साधनहरु बकैयाखोलाको बगर हुँदै गन्तव्य तिर लागेका थिए । बसका यात्रुलाई पुल नजिकै रहेको सशस्त्र र नेपाल प्रहरीले उद्धार गरेका थिए । उक्त बस प्रहरीले पाँच घन्टापछि हटाउन सफल भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us