Friday, 25 March 2016

फेरि नेपाल आउने भए पुवुदु दाशनायके

समर्थकबीच लोकप्रिय नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दसानायके अर्को महिना नेपाल आउने सम्भावना रहेको छ। तर, यसपटकको उनी प्रशिक्षकका रुपमा नभइ दर्शकका रुपमा नेपाल र नामिबियाको खेल हेर्ने आउने बताइएको छ।

नेपाल क्रिकेट संघ (क्यान) की सिइओ भावना घिमिरले पनि पुवुदु आउने सक्ने बताइन्। उनले भनिन्,'कुराकानी भइरहेको छ , आउने सम्भावना छ।' विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीच पहिलो खेल वैशाख ४ गते हुने छ भने त्यसको एक दिन अघि पुवुदु नेपाल आइपुग्ने सम्भावना रहेको बताइएको छ।

पुवदुको प्रशिक्षणमा नेपालले दुई बर्षअघि पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो। झन्डै ४ बर्षको उनको बसाइमा नेपालले डिभिजन ४ देखि विश्व क्रिकेट लिग च्याम्पियसिपसम्मको यात्रा तय गरेको थिए। उनी नेपाली क्रिकेटका एक सफल प्रशिक्षक हुन्। उनको नेतृत्वमा पाँच महिनाअघि च्याम्पियसिप खेलेयता नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेको छ

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us