Tuesday, 8 March 2016

कांग्रेस महाधिवेशन लाइभ अपडेट महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु,कस्ले मार्ला बाजी


काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्ष चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रिय कार्यालय सानेपामा सुरु भएको मतणनाको नतिजा  बेलुकीसम्ममा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिष्पर्धामा छन्।

केसी र चित्रलेखा यादव शेरबहादुर देउवाको प्यानलबाट, थापा र चौधरी कृष्णप्रसाद सिटौला तथा कोइराला र सितादेवी यादव रामचन्द्र पौडेलको प्यानलबाट प्रतिष्पर्धामा छन् ।  कार्कीले भने एकल उम्मेदवारी दिएका हुन।

कांग्रेसको सभापतिमा देउवा भारी मतले निर्वाचित भएका छन् । । कोषध्यक्ष र महामन्त्रीको मतगणना सकेपछि मात्र केन्द्रिय सदस्यको मतगणना गर्ने कांग्रेसले गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us