नवलपरासीको पहाडी क्षेत्रको धौबादी गाबिसमा फलामखानी फेला परेको छ । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत सर्भेका क्रममा त्यहाँ कम्तीमा ८० लाख मेटि्रक टन फलाम रहेको खानी रहेको भेटिएको हो ।
सर्भेमा खटिएका बिभागका भूभर्गविद् नारायण बास्ताकोटीका अनुसार धौबादी गाबिस-३ पोखरी भन्ने स्थानको एक सय हेक्टर क्षेत्रफलमा फलाम खानी फेला परेको हो । फलामखानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय ५० मिटरसम्म रहेकाले नेपालमा भेटिएको यो नै सबैभन्दा ठुलो फलाम खानि रहेको बस्ताकोटीको भनाई छ ।
यसअघि रामेछापको थोसे र काठमाडौको फुल्चोकिमा भेटीएको फलाम खानी उत्खननको काम सरकारले निजी क्षेत्रलाई दिइसकेको छ ।
बास्ताकोटी सहित भुगर्वविद् नरेश मर्हजन, सहयोगिहरु बसन्त अधिकारी, असिफबाबु श्रेष्ठ र बाबुराम खत्रिको टोली गत फागनु अन्तिम सातादेखि बिस्तृत सर्भेमा त्यहाँ खटिएका छन् ।