नेपाल राष्ट्र बैंकले सर्बाेच्च नेता स्वर्गीय गणेशमान सिंहको नाममा दुई हजार रुपैयाँको सिक्का जारी गरेको छ।
आज गणेशमान सिंह फाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा गभर्नर डा. चिरञ्जीवि नेपालले सो मुद्रा सार्वजनिक गरे।
यो चलनचल्तीको लागि भने जारी नगरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
गणेशमान सिंह प्रतिष्ठानको आग्रहमा नेपाल राष्ट्र बैंकले गणेशमान सिंहको
संझनामा चाँदीको २ हजार रुपैयाँको सिक्का निष्कासन गरेको हो।
सिंहको सम्झनामा निष्कासन गरिएको सो सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७
मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्र वितरण टक्सार विभाग
सुन्धाराबाट गरिने र यसको मूल्य २ हजार ७६ पर्ने फाउन्डेसनले जनाएको छ।