बैंकको लकरमा १४ वटा गोली भेटिएपछि पक्राउ परेका एमाओवादी सांसद् ल्हारक्याल लामालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आइतबार अनुमति दिएको हो ।
अकुत सम्पित आर्जनमा अनुसन्धान गरिरहेका लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा १४ वटा गोली भेटिएपछि अख्तियारले प्रहरीलाई बुझाएको हो ।
लामालाई महानगरिय प्रहरी परिसर टेकुमा बुझाइएको थियो । उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले बताउनुभयो ।
लामाको अन्य बैंकमा पनि लकर रहेको र ती लकरको समेत अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।