यौन व्यवसायमा संलग्न भएको आरोपमा मलेसियामा ४ जना नेपाली महिला पक्राउ
परेका छन् । मलेसियन प्रहरीले एक मनोरञ्जन केन्द्र (आउटलेट)मा छापा मारेर ६
बंगलादेशी र ४ जना नेपाली महिलालाई पक्राउ गरेको हो ।
पेनाङको जलान सुल्तान एहेमदको मनोरञ्जन केन्द्रमा गेष्ट रिलेसन अफिसरका
रुपमा काम गरिरहेका ४ नेपाली महिला पक्राउ परेका हुन् ।
देह ब्यापारको आरोपमा पक्राउ परेकाहरु २३ देखि ३० वर्ष उमेर समूहका रहेको
मलेसियाको दस्टार अनलाइनले जनाएको छ । उनीहरु सबै गैह्र-कानुनी कामदार भएको
समाचारमा उल्लेख छ ।
शुक्रबार राति प्रहरीले चलाएको अपरेसनमा मनोरञ्जन आउटलेटका म्यानेजर पनि
पक्राउ परेका छन् । उनी ३८ वर्षीय बंगलादेशी नागरिक हुन् ।
मलेसियन नागरिकको नाममा रहेको केन्द्र भाडामा लिएर उनले त्यहाँ यौन ब्यवसाय चलाएका थिए । त्यहाँ गेष्ट रिलेसन अफिसरको रुपमा कार्यरत सबै महिलालाई देहब्यापारमा लगाइएको प्रहरीको आशंका छ । मलेसियामा विभिन्न कामका लागि पुगेका धेरै महिला अवैधानिक भएपछि यस्तो व्यवसायमा संलग्न हुने गरेको पाइएको छ । राम्रो कमाइ हुने प्रलोभनमा नेपाली महिला पनि यस्तो व्यवसामा यफस्ने गरेका छन् । प्रायः महिलालाई गेष्ट रिलेसन अफिसरका रुपमा राखेर यौन व्यवसायमा संलग्न गराउने गरेको पाइन्छ ।