एकीकृत माओवादीका सांसद् ल्याहरक्याल लामा गोलीसहित पक्राउ परेका छन् ।
अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियारको छानविनमा रहेको लामाको बैंकको लकरबाट गोली बरामद भएपछि उनी पक्राउ परेका हुन् ।
दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको उनको लकर अख्तियारको टोलीले चेकजाँच गर्ने क्रममा १४ थान गोली भेटिएपछि उनी पक्राउ परेका हुन् ।
लकरबाट गोली बरामद भएपछि अख्तियारको टोलीले लामालाई नियन्त्रणमा लिएर दरबारमार्गस्थित प्रहरीलाई जिम्मा लगाएको छ ।
अख्तियारको टोलीले लामालाई बैंकको लकर खोलेर हेर्नका लागि बैंकमा बोलाइएको थियो । सुनचाँदी राखिने लकरमा गोली भेटिएपछि सांसद् लामा प्रहरी हिरासतमा पुगेका हुन् ।
दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंक स्रोतले पनि अख्तियारको टोलीले लामाकै उपस्थितिमा लकर चेकजाँच गर्दा गोली भेटिएको पुष्टि गरेको छ । गोली बरामद भएपछि उनीमाथि हातहतियार खरखजना मुद्दा चल्ने भएको छ ।
एमालेबाट प्रधानमन्त्री बनेका झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएपछि त्यसको तीब्र विवाद भएको थियो । लामाले सिन्धुपाल्चोकबाट फरक फरक मितिमा दुईवटा नागरिकता लिएको प्रमाण भेटिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।