Saturday, 26 March 2016

त्रिभुवन विमानस्थलमा सामान सेटिङ गर्ने गिरोह पक्राउ

 त्रिभुवन विमानस्थलबाट यात्रुहरुले ल्याएको सामान भन्सार कार्यालयबाट छुटाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं बानेश्वरका रोशन प्रधानाङ, सल्यान खलङगा घर भइ सिनामंगल बस्ने नरेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको रानीपोखरी प्रहरीले जनाएको छ। मलेसियाबाट आएका यात्रुहरुले ल्याएको सामान राजस्व नतिरी अवैध रुपमा छुटाउने कार्यमा उनीहरु संलग्न भएको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सबाट आएका यात्रुहरुले ल्याएको  ३२ इन्चको टिभी ४ थान, ल्यापटप ४ थान र ब्ल्याक लेवल रक्सी २० बोत्तल उनीहरुले छुटाएको प्रहरीले जनाएको छ। उनीहरुलाई बानेश्वर प्रहरीमा राखिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us