नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार राति प्रसारण हुँदै आइरहेको हास्य
टेलिश्रृंखला ‘भद्रगोल’ आजदेखि नयाँ विषयवस्तुमा प्रसारण हुने भएको छ।
भारतीय नाकाबन्दीपछि आर्थिक क्षेत्रमा परेको असरले वस्तु तथा सेवाको
विज्ञापनमा प्रभाव पर्दा उक्त हास्य श्रृंखला चार महिनादेखि रोकिएको थियो।
समाजका समसामयिक विकृतिमाथि हास्यव्यंग्य गर्दै आइरहेको यस श्रृंखला
अघिल्लो सातादेखि पुरानै कथामा प्रसारण भएको थियो। आजदेखि भने ताजा
विषयवस्तुमा प्रसारण हुने भद्रगाेलका मुख्य कलाकार तथा लेखक कुमार कट्टेल
‘जिग्री’ले बताए।
शैली त पुरानै हो।’ जिग्रीले सेतोपाटीसँग भने,‘तर पहिले हामी हँसाउनमा
मात्र केन्द्रित हुन्थ्यौं भने अब सामाजिक सन्देशलाई पनि उत्तिकै
प्राथमिकतामा राखेका छौं।’
भद्रगोल प्रसारण नहुँदाको चार महिनाको फुर्सदमा दर्शकबाट लिएको
प्रतिक्रियाको आधारमा विषयवस्तुमा हेरफेर ल्याएको उनले बताए। ‘हामीले यो
समय देशविदेशका दर्शकसँग भेट्न पायौं । भद्रगोलको क्रेज थाहा पायौं र सँगै
दर्शकको प्रतिक्रियाबाट आत्ममुल्यांकन गर्न पायौं। चार महिना लगातार बन्द
हुनु भनेको हाम्रो करियरको उतारचढाव त हो तर यही समयमा हामीले भद्रगोललाई
सुधार गर्ने तत्वहरु भेट्यौं।’ उनले भने।