काठमाडौंः पृथ्वीकै सबैभन्दा अग्लो हिमाल समगरमाथा (माउन्ट एभरेस्ट) नेपालमा रहेको कुरामा कुनै विवाद छैन ।
अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र
चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ ।
वैज्ञानिक मापन अनुसार ८ हजार ८ सय ४८ मिटर (२९ हजार २९) फिट अग्लो यो
हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारिसकेको छ ।
विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा अञ्चलस्थित नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ ।
नेपाल र नेपालीले गर्ब गर्ने र विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् ।Everest is pride of Nepal and we are very proud of it. Its very disgusting to know Google is saying Mt Everest lies in China. #backoffgoogle— nabin parajuli (@nabinparajuli) March 19, 2016
केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यसबारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ ।

गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको
छैन । उसको यो त्रुटिबारे गुगललको प्रेस हेर्ने इमेलमा जबाफ माग्दा कुनै
प्रतिक्रिया आएको छैन ।
गुगल म्यापले सगरमाथालाई आफ्नो भूमिमा देखाएपछि चीनकी एक फेसबुक प्रयोगकर्ताले यसतर्फ सजग हुन नेपालका साथीहरुलाई आग्रह गरेकी छन् ।
‘नेपाली साथीहरु सजग हुनुहोस, गुगलले माउन्ट एभरेस्टलाई चीनको भूमिमा देखाइरहेको छ । तर चीनले यसमा केही गर्न सक्दैन’, म्युई चुङ नामकी चिनियाँ नागरिकले लेखेकी छन्, ‘चीनमा गुगलसहितका सर्च इन्जिन र म्याप प्रयोग गर्न प्रतिबन्ध छ । यहाँ गुगल गर्न सकिँदैन । फेसबुक, गुगल, युट्यूबसहितलाई यहाँ सन् २००९ देखि खोल्न प्रतिबन्ध छ ।’
उनले नेपाली भूमिमा रहेको सगरमाथलाई चिनियाँ भूमिमा रहेको देखाई विवाद सिर्जना गर्ने काममा भारत र अमेरिका लागेको तर्क गरेकी छन् ।#backoffgoogle— krish karki (@carkey_ko_chabi) March 19, 2016
Everyone kno Mt everest lie in nepal in in China but Google is unknown abt this shame on u for those silly mistake
भारतीय नागरिक सुन्दर पिचाई गुगलका सिईओ भएसँगै सगरमाथालाई चीनतर्फ देखाइ चीन र नेपालबीच विवाद बढाउन खोजिएको उनको तर्क छ ।
‘अमेरिकन कम्पनी गुगलमा भारतीय नागरिक सुन्दर पिचाई सिईओ भएपछि यस्तो गर्न थालिएको हो’, उनले भनेकी छन्, ‘तर आम चिनियाँहरु सगरमाथा पनि नेपालमै रहेको र भगवान गौतम बुद्ध पनि नेपालमै जन्मेको कुरामा विश्वास गर्छन् ।’

गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि त्यसविरुद्ध सामाजिक सञ्जालमा अभियान नै छेडिएको छ ।
गुगललको गल्ती नै भएपनि या प्राविधिक कारणले त्रुटि भएर यस्तो भएपनि तत्काल यसमा सुधार गर्नुपर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताको भनाइ छ ।
गुगलको नेपालस्थित प्रतिनिधिलाई यसबारेमा प्रश्न गर्दा उनले आफूलाई त्यसबारे बोल्ने अधिकार नभएको प्रतिक्रिया दिए । आफ्नो नामसमेत सञ्चारमाध्यममा प्रकाशित नगरिदिन आग्रह गर्दै उनले गुगलको केन्द्रीय कार्यालयलाई नै यसबारेमा प्रश्न गर्न आग्रह गरे ।
गुगलको यस लापबाहीबारेमा नबिन पराजुली ट्वीटरमा लेख्छन्, ‘एभरेस्ट नेपालको गौरब हो । हामी यसप्रति गौरबवान्वित छौं । तर, गुगलले माउन्ट एभरेस्टलाई चीनतर्फ देखाउने घृणित कार्य गरेको छ ।’
त्यसैगरि क्रिस कार्कीले लेखेका छन्, ‘हामी सबैलाई थाहा छ, सगरमाथा नेपालमा छ भन्ने कुरा तर गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाएर मुर्ख हुने काम गरेको छ ।’Google is showing Mt.Everest in China. Lets make a loud social attack on Google.#Backoffgoogle pic.twitter.com/0StXDkT2HL— Bibek Bastola (@BBake7) March 19, 2016
अरुण साहले ट्वीटरमार्फत गुगलका सीईओ सुन्दर पिचाईलाई मेन्सन गर्दै माउन्ट एभरेस्टको लोकेशन नेपालमै भएकाले चीनमा देखाइएको म्यापमा सुधार गर्न आग्रह गरेका छन् ।
सगरमाथालाई चिनियाँ भूमिमा देखाइएपछि ट्वीटर प्रयोगकर्ताहरुले गुगललविरुद्ध #Backoffgoogle ह्यास ट्याग अभियान नै चलाएका छन् ।


