प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रमेश आचार्यको परिचयमा
समाज सेवाको कर्म भेटिएको छ । युवा सँघ नेपालका सचिवालय सदस्य समेत रहेका
आचार्य प्राकृतिक बिपत्तिले उत्पन्न देशको दुखमा मल्हम बनेर उदाएका छन् ।
धादिङको महादेवस्थान ४ लाईपुरमा नवनिर्मित बिद्यालय भवन देख्न सकिन्छ । गत बैशाख १२ गतेको बिनाशकारी भूकम्पले ध्वस्त बिद्यालयलाई पुर्नजीवन दिलाउन युवा संघ नेपाल र रमेश आचार्यको योगदानले मूर्तरुप पाएको हो ।

सोमबार एक कार्यक्रमका बीच चण्डेश्वरी प्राविको भवन उद्ध्घाटन भएको छ । स्थानीयहरुको रोहवरमा कार्यक्रमको प्रमुख अतिथि रहेका युवासँघ नेपाल केन्द्रीय प्राकृतिक प्रकोप तथा न्यूनिकरण विभागका प्रमुख समेत रहेका आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्दै नवनिर्मित बिद्यालय परिबारलाई हस्तान्तरण गरेका हुन् ।
बिद्यालय पुर्ननिर्माण भएसँगै लामो समय देखि शिक्षा पाउने अधिकारबाट बञ्चित बिद्यार्थीहरुलाई पठन पाठनको सहज वातावरण बनेको छ ।
‘आजका युवा भबिष्यका कर्णधारहरु हुन्, राष्ट्र निर्माणमा उनीहरुको भूमिकाकालागि अहिले देखि नै हामीले वातावरण बनाईदिनुपर्छ’ बिद्यालय भवनको उद्घाटन गर्दै आचार्यले भने ‘बिद्यार्थीको भबिष्य र राष्ट्र सेवामा युवाहरुको प्राथमिकता केन्द्रित बन्नुपर्छ, यस्मा म सँधै लागिरहनेछु ।’

भूकम्प र त्यसपछिको राजनीतिक समस्याबाट देशले निकास पाईरहेको भन्दै सविधान आएसँगै अब समृद्धिको बाटोमा सबै एकजुट भएर लाग्नुपर्ने उनले बताएका छन् । विकास, समृद्धि र राष्ट्र प्रेमको ज्ञान शिक्षाको माध्यमबाट नै पाउने भन्दै आचार्यले बिद्यार्थी तह देखि नै भबिष्यको उज्यालो देशको रुपरेखा बनाउँदै लानुपर्ने धारणा राखेका छन् ।
युवासँघ नेपालका तर्फबाट रमेश आचार्यको पहल र जापानको एमआईई प्रोजेक्टको सहयोगबाट कुल १ लाख ५१ हजार लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।
सरकारका तर्फबाट भूकम्प पूर्णनिर्माण महाअभियान सुरु भईरहेको समयमा ब्यक्तिगत तथा सँस्थागत रुपमा हुने यस्ता पहल र प्रयासहरुले राष्ट्र निर्माणको अभियानमा सबैलाई एकजुट हुन प्रेरणा पुग्ने आचार्यले बताएका छन् ।
जिल्लाका ९३ बिद्यार्थीहरु अध्ययनरत बिद्यालयमा ७० हजार बराबरको शैक्षिक सामग्री समेत बितरण गरियो ।
भूकम्पले प्रभाबित बिद्यालय शिक्षामा नयाँ रक्तसँचार गराउन चण्डेश्वरी प्राविको पुर्ननिर्माण सफल उदाहरण बनेको भन्दै अभिभावक र बिद्यार्थीहरु फुरुङ्ग बनेका छन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य विष्णुहरी त्रिपाठी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, युवा संघ धादिङका सदस्य बाबु छत्कुली, युवा संघ अन्तर जिल्ला कमिटि धादिङका सचिव राजेन्द्र अधिकारी, नेकपा एमाले गाँउ कमिटि धादिङका सदस्य विष्णु थापा, रोबट बैज्ञानिक गणेह आले मगर र सन्जिव कुमार लिम्बु, अनेरास्ववियु जिल्ला कमिटि धादिङका उपाध्यक्ष सुदिप विशुराल लगायतको समेत उपस्थिति रहेको थियो ।
एनआरएनका सचिव अर्जुन श्रेष्ठले समेत ६० हजार बराबरको बिद्यालय झोला बिद्यार्थीहरुलाई बितरण गरेका छन् ।