बैंकक, तपाईले आजसम्म सर्पले मानिस निलेको देख्नुभएको छैन होला । तर हालैमात्र यस्तो विचित्रको घटना घटेको छ । मानिसहरुले सर्पले एकजना मानिसलाई पुरै निलेको देखेपछि एकपटक त उनीहरुको श्वास नै रोकियो । सुन्नेहरु समेत चकित भएका छन् ।
घटना थाईल्याण्डको हो । यहाँ निकै बढी रक्सी धोकेर बेहोस हालतमा सडकमा पल्टिएको एकजना मानिसलाई अजिंगरले निलेको चर्चा चल्याे । बिहानपख मानिसहरुले सर्पलाई देख्दा त्यसको पेट निकै फुलेको देखे । आत्तिएका मानिसहरुले तत्कालै प्रहरीलाई खबर गरे । प्रहरीले सर्पको पेट चिरेपछि बल्ल सबै कुरा थाहा भयो ।
साँझपख त्यहीँ स्थानमा रक्सी खाएर मानिस पल्टिएको तर बिहानपख पेट फुलेको अजिंगर भेटिएपछि मानिसहरुले शराबीलाई अजिंगरले निलेको भन्दै प्रहरीलाई खबर गरेको समाचारमा उल्लेख छ ।
तर प्रहरीले अजिंगरको पेट थिचेपछि भने एउटा जिउँदै सुँगुर पेटबाट निस्कियो । शराबी कहाँ हरायो भन्ने कुरा कसैलाई थाहा भएन । प्रहरीले अजिंगरलाई जंगलमा छोडेको छ ।
पेटबाट सुँगुर निस्केपनि चर्चा भने रक्सीले मातेर ढलेको मानिसलाई खाएको भन्ने चल्यो । इन्टरनेटदेखि सामाजिक सञ्जालमा मानिसको खुट्टा अजिंगरले टोकेको तस्वीर पनि सार्वजनिक भयो ।
यो घटनामा अजिंगरले सुँगुरलाई निलेपनि यसरी सडकमा ढल्ने हो भने मानिसलाई पनि निल्न सक्छ भनेर यस्तो प्रचार गरिएको केहीले बताए ।