Tuesday, 1 March 2016

अन्तराष्ट्रिय फुटबलमा ३ ह्याट्रिक सहित ११ गोल गरेका नवयुग श्रेष्ठ हवल्दारमा बढुवा

 राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली सेनाको हवल्दार बनेका छन्।  उनी अमल्दारबाट बढुवा भई हवल्दार बनेका हुन्। श्रेष्ठले २०६५ सालमा सिपाहीबाट नेपाली सेनाको जागिर सुरु गरेका थिए।

बंगबन्धु कप र साग फुटबलमा नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुगलाई सम्मान तथा पुरस्कार स्वरुप नेपाली सेनाले एक तह बढुवा गरेको हो।

उनी मोरङको पानमारास्थित कालीबक्स गणमा कार्यरत छन्। गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फूली प्रदान गरे।

यसैबर्ष अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका नवयुगले दुई प्रतियोगितामार्फत तीन ह्याट्रिक सहित ११ गोल गरेका छन्। त्रिभुवन आर्मी क्लबबाट २०६८ साल देखि नै ए डिभिजन फुटबल खेलिरहेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us