Thursday, 17 March 2016

क्रिस गेलले गरे छक्काको वर्षा, बन्यो रेकर्ड नै रेकर्ड

काठमाडौं । क्रिस गेलको छक्काको वषर्ा गर्दै शतक बनाएपछि वेष्टइण्डिजले टी-२० विश्वकपको सुपर टेनको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।

मुम्बईको वनखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले १८३ रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको इंल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । उसका लागि जोए रुटले ४८ रन बनाएको थियो ।

जवाफमा वेष्टइण्डिजले १८.१ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको जितमा नायक बनेका क्रिस गेलले ४८ बलमा अविजित १०० रन बनाए ।

यस क्रममा उनीसँग टी २० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने मौका थियो । उनले ४४ बलमा ९८ रन बनाएका थिए । र, ४५ बलमा शतक पुरा गरेको भए दक्षिण अफि्रकाका रिचर्ड लेवीको रेकर्डसँग बराबरी गर्ने थिए । तर, यो प्रतियोगिताको सबैभन्दा छिटो शतक भने उनको नाममा रहृयो । उनले ४७ बलमा शतक पुरा गरे ।

गेलको पारीको सबैभन्दा महत्वपूर्ण ११ छक्का हो । टी-२० विश्वकपमा एकै पारीमा यो सबैभन्दा धेरै छक्का हो । गेलले २००७ मा दक्षिण अफि्रकाविरुद्ध १० छक्का हानेका थिए, जुन रेकर्ड इंग्ल्याण्डविरुद्धको खेलमा आफैंले तोडेका छन् ।

साथै प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै छक्का पनि गेलकै नाममा छ । टी २० विश्वकपमा उनले ६० छक्का हानेका छन् । दोस्रो स्थानमा भारतका युवराज सिंह छन् र उनले ३१ छक्का हानेका छन् ।

उनी टी-२० विश्वकपमा दुई शतक बनाउने एक्ला ब्याट्सम्यान समेत बनेका छन् । अझ रोचक त के छ भने विश्वकपमा पहिलो शतक पनि गेलले नै २००७ मा बनाएका थिए ।

इंग्ल्याण्डविरुद्ध आक्रामक ब्याटिङ गरेका गेलले टी-२० अन्तर्राष्ट्रियमा सर्बाधिक छक्काको रेकर्ड पनि बनाएका छन् । उनले ब्रान्डन म्याकलमको रेकर्ड तोडेका छन् । न्यूजिल्याण्डका म्याकलमले ९१ छक्का हानेका छन् । अब गेलको नाममा ९८ छक्काको रेकर्ड बनेको छ । उसो त म्याकलमलाई ९१ छक्का हान्न ७० पारी खेल्नु परेको थियो तर, खेलले मात्र ४४ पारी खेलेका छन् ।

मुम्बईमा छक्काको वर्षा गरेपछि गेलले छक्काका लागि टिममेट सुलेमान बेनले उक्साएको बताए । मैदान उत्रने बेलामा सुलेमानले आफूलाई इन्टरटेन गर्न भनेको र त्यसको अर्थ सिक्सर, सिक्सर र सिक्सर भएको उनले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us