Friday, 18 March 2016

काभ्रेमा बस दुर्घटना, दुईको मृत्यु, ६५ घाइते

पाँचखाल ४ केराघारीमा यात्रुबाहक बस दुर्घटना हुादा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दोलखाको मेलुङबाट काठमाडौं आउादै गरेको बा।३।ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेको छ ।

बसमा सबार मिना गिरीका अनुसार, डाडाखर्क गाविसकी सुष्मा विकको मृत्यु भएको हो ।
घटनास्थलमा नै मृत्यु भएका सहचालकको पहिचान हुन सकेको छैन । प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ । बसमा ७० यात्रु थिए । गिरीका अनुसार,  विहान साढे ७ बजे छुट्नुपर्ने गाडी ८ बजे छुटेकाले तिव्र गतिमा आइरहेको थियो । बसले मोटरसाइकललाई ठक्कर दिदा चालक घाइते छन् । घाइतेको धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us