Wednesday, 16 March 2016

विश्व टी-२० को सुपर टेनमा भएको पहिलो भिडन्तमा न्यूजीयल्यान्डसँग भारतको लज्जास्पद हार

 विश्व टी-२० को सुपर टेनमा भएको पहिलो भिडन्तमा न्यूजीयल्यान्डसँग लज्जास्पद हार ब्यहोरेपछि अहिले सामाजिक सञ्जालमा भारतीय क्रिकेट टिम हाँसको पात्र बन्न पुगेको छ ।

पाकिस्तानमा पनि भारत र न्यूजील्यान्डको यो म्याच ट्विटरमार ट्रेन्ड भएको छ । भारतलाई हराएको विशेष गरेर पाकिस्तानी क्रिकेट फ्यानले न्यूजील्यान्डलाई बधाई दिइरहेका छन् ।
अफरोज नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, 'न्यूजील्यान्डका खेलाडीका आँखा यो थाहा पाएर भरिए कि जति माया उनीहरुलाई न्यूजील्यान्डबासीले गर्थे त्यो भन्दा धेरै माया पाकिस्तानीले गर्दा रहेछन् ।'

उसमान मरुफ ट्विटरमा लेख्छन्, 'विश्वको स्वघोषित सर्वश्रेष्ठ भारतीय टीम आफ्नो शर्मनाक हारको बहाना खोजिरहेको छ । के शर्मको कुरा भो र।'

सुल्तान महमूद नामका युजरले लेखेका छन्, 'दुई मिनेटका मौन तीन दर्शकका लागि जो नागपुरम ब्ल्याकमा टिकट किनेर म्याच देख्न पुगे ।'

(न्यूजील्यान्डसँग भारत घरैमा ४७ रनले पराजित)

कयौ क्रिकेट फ्यानहरुले हारेर भारतीय टीम पेभेलियन फर्किरहँदा दर्शकहरुले गरेको चर्को हुटिङको भिडियो पनि पोस्ट गर्न भ्याएका छन् । ।

पंकज रोयले ट्विटरमा लेखेका छन्, 'जो अर्काका लाग खाल्डो खन्छ, उ आफैं त्यही खाल्डोमा पर्छ । भारतले आफ्नो स्पिनरलाई सहयोग पुग्ने पिच बनायो र अन्तिममा त्यसैमा नमिठो हार भोग्यो ।'

हीरा नामको एक ट्विटर हन्याडलबाट यस्तो ट्वीट गरियो, 'कागजको शेर, नागपुरमा ढेर । विश्वको उत्कृष्ट ब्याटिङ लाइन अप । हाहाहाहाहा ।'


यसमा कयौं व्यक्तिले भारतीय टीमलाई समर्थन पनि गरेका छन् । लेजीह्युमान लेख्छिन्, 'भारतीय टीमबारे नकारात्मक कुरा पढ्दा पढ्दा म त दिक्क भइसकेँ । भारतीय महिला टीमले बंगलादेशलाई हराएकाले धन्न मन राख्ने बहाना मिल्यो ।'

डिक्सन फ्रेक लेख्छन्, 'मैले नबुझेको कुरा पाकिस्तानीहरु भारतले हार्दा यति धेरै खुसी किन हुन्छन् ? हाम्रो टीमले हार्दा हामी पाकिस्तानी टीमले हारेपछि उनीहरुले जस्तो टेलिभिजन र रेडियो सेट त फुटाउँदैनौं।'

श्रीधर राव नामका ट्विटर प्रयोगकर्ता लेख्छन्, 'भारतको हारमा खुसी मनाउने पाकिस्तानीहरु तिमीहरुको खुसी केबल १९ तारिखसम्म रहनेछ । त्यस दिन तिमीहरुको टीमलाई धोनीको टीमले नराम्री धुलाइ गर्नेछ ।'

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us