Tuesday, 1 March 2016

अपडेट:फेवातालमा खसेका ६ प्याराग्लाइडर्सको सकुशल उद्धार

काठमाडौं । मौषमको खराबीका कारण फेवातालमा खसेका ६ वटा प्याराग्लाइडर्सको सकशल उद्धार भएको छ । पोखरामा सञ्चालन भएको प्याराग्लाइडिङ प्रि वर्ल्डकप प्रतियोगिताका लागि उडेका ६ प्रतिस्प्रधि   फेवातालमा खसेका हुन । एकै पटक आएको भुमरीका कारण ६ वटा उडिरहेका प्याराग्लाइडिङ फेवातामा खासेका थिए ।
फेवातालमा खसेका उनीहरुको  सकुसल उद्धार भएको प्रहरीले जानकारी दिएको छ। पाइलट सहित उडिरहेका ७ वटा ग्लाइडर दुर्घटनामा परेका हुन्।


ती मध्ये ६ वटा फेवातालमा खसेका छन् भने एउटा अर्मलामा रुखमा अड्केको थियो। प्रहरीले अर्मलाको रूखमा अड्केकाको पनि सकुसल उद्धार गरेको छ। अहिले अवस्था सामान्य बन्दै गएको छ । फेवातालमा खस्ने सबै विदेशी नागरिक भएको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us