Monday, 7 March 2016

ताइवानमा बन्यो तिनतले उल्टो घर (फोटो फिचर सहित)

ताइवानमा एउटा यस्तो घर बनेको छ की जसको छत भुइँपट्ट छ भने पिँध आकाशपट्ट छ । यो घरमा मानिसका ओछ्यान, सोफा तथा डाइनिङ टेबल अनि बाथरुम समेत माथिबाट तलपट्ट झुण्डिएका छन् ।

यो तिनतले घर ताइवानको एक आर्किटेक्ट ग्रुपले प्रदर्शनीका लागि बनाएको हो । यो घरमा आगो निभाउने फायर फाइटर पनि जडान गरिएको छ र त्यो पनि उल्टै छ । ताइपेइस्थित हुसेन क्रियटिभ पार्कमा बनाइएको यो घर त्यहाँ आउँदो पाँच महिनासम्म प्रदर्शनीमा रहनेछ ।






आगन्तुकका लागि खुल्ला गरिएसँगै त्यो घर हेर्नका लागि त्यहाँ धेरै मानिस पुगेका छन् । मानिसहरु घरभित्र जाँदा झनै अचम्म पर्छन् जब सबै कुरा उल्टो देख्छन् । अनि घरभित्रका सामान छोएर फुरुंग हुँदै फोटा खिचाउँछन् । हेरौँ यो उल्टो घरका केही दृश्य

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us