Tuesday, 9 February 2016

सुशील भन्थे-बिहे गर्दा झमेला हुन्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराको मंगलबार बिहान निधन भयो । सादगी नेताको छवि बनाएका कोइराला अविबाहित थिए । राणा शासनसँगको बिद्रोहदेखि पञ्चायत विरुद्धको लडाइँसम्म अधिकांश कांग्रेसी नेताहरुको बसोबास हुने ठाउँ थियो भारतको बनारस । आजको अन्नपूर्णमा समाचार छ ।त्यही बस्दा बेलाबेलामा कांग्रेसका अर्का नेता कृष्णप्रसाद भट्टराई पनि पुग्थे र बेला बेला भन्ने गर्थे ‘केटा हो, मैले त बिहे नगरेर गल्ती गरे तिमीहरु जीवन खेर नफाल, बिहे गर ।’ अनि सुशील जवाफ फर्काउथे ‘बिहे गर्ने होइन, झमेला हुन्छ ।’ बहुदल आइसकेपछि पनि धेरैले कोइरालालाई बिहे गर्न सम्झाए तर उनको जवाफ हुन्थ्यो ‘झमेला’ हुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us