Sunday, 7 February 2016

अब राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक

मधेस आन्दोलनमा गद्धार गरेको भन्दै मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको छ ।

मोर्चा सम्बद्ध अन्य पार्टीका नेताले मधेस आन्दोलनप्रति गद्धार गरेको भन्दै उनलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको मोर्चाका एक नेताले काठमाण्डु टुडेलाई बताए । उनले भने, ‘मधेस आन्दोलन एउटा बिन्दुमा पुग्न लागेका बेला महतोजीले गद्धार गर्नुभयो । हामीले उहाँलाई मधेस प्रवेशमा रोक लगाउने तयारी स्वरुप छलफल गरेका छौा । मोर्चाको बैठक बसी छिट्टै यस विषयमा उचित निर्णय लिनेछौँ ।’

साथै महतोलाई मोर्चाबाट अलग गर्ने तयारी समेत गरिएको छ । महतोले नाकाबन्दीका कारण जनताले धेरै दुःख पाएको भन्दै वीरगञ्ज नाका खोल्नुपर्ने अभिब्यक्ति दिएका थिए ।

स्रोतका अनुसार नाकामा धर्नामा रहेका मोर्चाका कार्यकर्तालाई हटाएर नाका खोलेपछि पुनः नाका बन्द गराउने तयारी गरिएको थियो । तर, यसमा महतोले असहयोग गरेका थिए ।kathmandutoday

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us