गुहावाटीः दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा प्रतिस्पर्धा गरिरहेको नेपाली फुटबल टोली एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह बी अन्तर्गत मंगलबार भएको खेलमा भुटान र बंगलादेशले १–१ गोलको बराबरी खेलेपछि नेपाल सेमिफाइनलमा पुगेको हो ।
समूह बी को पहिलो खेलमा भुटानलाई ५–० गोलले हराएको नेपाल तीन अंककासाथ तालिकाको शीर्ष स्थानमा छ । समूहको अन्तिम खेलमा नेपालले ११ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।