Wednesday, 3 February 2016

नेपाल पनि जिका भाइरसको उच्च जोखिममा, परीक्षण गर्ने प्रविधि अभाव

विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ ।
थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन । यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् ।
जिका भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’ को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले पनि हाल विशेष खालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेको बताउनुभयो ।
तर सजगता भने अपनाइने उहाँले बताउनुभयो । गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस रोग प्रभावित क्षेत्र नजान उहाँको सल्लाह छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले जिका भाइरसविरुद्ध विश्वमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । सन् २०१५ को मे महिनामा ब्राजिलमा पहिलोपटक जिका भाइरस देखापरेको थियो

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us