Friday, 19 February 2016

बिमललाई गृहजिल्लाका सभासद्को २५ हजार !

परासीः १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेर गृहजिल्ला नवलपरासी आएका फुटबलर बिमल घर्ती मगरलाई बर्दघाटका स्थानीय र संघसंस्थाले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा बिमललाई नवलपरासी क्षेत्र नं. ५ का सभासद् विक्रम खनालले २५ हजार नगद प्रदान गरेर सम्मान गरे । बिमलको घर बर्दघाट नगरपालिका–८ मा रहेको छ । बिमलले नेपालको नाम चम्काउन सफल भएको भन्दै सभासद् खनालले प्रशंसा गरे । विमलजस्तै प्रतिभा भएका अन्य खेलाडीहरु नवलपरासीमा रहेकाले उनीहरुको प्रतिभालाई अगाडी ल्याउन खेलकुद विकासले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us