Monday, 15 February 2016

१२ औं दक्षिण एसियाली खेलकुद अन्तरगत महिला फुटवलमा नेपाललाई रजत पदक

१२  औं दक्षिण एसियाली खेलकुद अन्तरगत महिला फुटवलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

अपराजित रहँदै फाईनलमा पुगेको नेपाल फाईनलमा भने भारतसँग ४–० ले पराजित हुन पुग्यो । लिग चरणमा नेपालले भारतसँग गोल रहित बराबरी खेलेको थियो ।

भारतको सिलोङ् स्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा भारतको जितमा कमला देवीले दुई तथा बाला देवी र आशा लतादेवीले गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा कमला देवीको गोलबाट अग्रता लिएको भारतका लागि ५६ औं मिनेटमा कमलाले नै अग्रता दोब्बर पारिन् । नेपाली डिफेण्डरको गल्तीको फाईदा उठाउदै पहिलो हाफमा १–० को अग्रता दिलाएकी कमलाले कर्नर प्रहारलाई सदुपयोग गर्दै नेपाललाई २–० ले पछि पारिन् । खेलको ७३ औं मिनेटमा बालादेवी र ८० औं मिनेटमा आशा लतादेवीले थप गोल गरे ।


पुरुष तर्फको फाईनलमा आजै नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । गुहावटीस्थित ईन्दिरा गान्धी स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ । नेपाल २३ बर्षपछि क्षेत्रिय फुटवलमा उपाधिको संघारमा पुगेको हो ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us