Wednesday, 10 February 2016

युवराज दीपेन्द्रकी प्रेमिका देवयानी यस्तो संकटमा ?

कसैकसैलाई नियतिले यतिसम्म ठग्छ कि, जिन्दगी ठक्करै–ठक्करको संग्रह बनिदिन्छ । यदि त्यो क्रुर हत्याकाण्ड नहुदो हो त यतिबेला हामी उनलाई मुलुककी महारानीका रुपमा पाउँथ्यौं ।

नियतिले उनलाई रानी ऐश्वर्यको बुहारी त बनाएन, बरु त्यही नाममा एक पुरुषको अर्धाङ्गिनी बनायो । तैपनि नियतिको जालमा परेर कष्टैकष्टले भरिएको कथामा रुमल्लिएकी छन् ।

प्रसंग हो पशुपति शमसेरकी पुत्री देवयानी राणाको । कँग्रेस आईका नेता तथा केन्द्रीय सरकारका पूर्वमन्त्री अर्जुन सिंहकको छोरीतर्फकी नातिनी बुहारी बनेर दिल्लीको कालन्दीमा अलग्गै रहँदै आएकी छन्, देवयानी ।
अर्जुनकी छोरी बीनाकुमारी सिंहको विवाह राजा भुवनेश्वरप्रसाद सिंह (सिंग्राली) सँग भएको थियो । उनैका छोरा कुवँर ऐश्वर्य सिंहकी पत्नी हुन्, उनी ।

सन् २००७ को २३ फेब्रुअरीमा ऐश्वर्य ३२ को र देवयणनी ३६ वर्षकी हुँदा जोडिएको दाम्पत्य जीवन अहिले संकटमा परेको छ । अर्थात, कानुनीरुपमा सम्बन्ध बिच्छेदको प्रक्रिया सुरु भइसकेको छ । यस्तो बेला पशुपति शमसेरलाई एकातिर पार्टी अध्यक्ष त्याग्नुको विस्मात्, अर्कातिर बल्ल–बल्ल जोडिएको कान्छी छोरीको घरबार भत्किनै लागेको चिन्ताले सँगै गाँजेको छ ।

चार वर्ष कान्छो केटोसँग दाम्पत्य सम्बन्ध कायम गरेकी देवयानीका पति परस्त्रीप्रेमी हुनु नै सम्बन्ध बिग्रनुको कारण भएको विजयवास स्रोतले जनाएको छ । सहज रुपमा सन्तानोत्पादन नहुँदा देवयानीले मुम्बईमा टेष्टट्युब विधिबाट एउटा छोरा जन्माएकी छन् ।

अहिले पति–पत्नीबीच जटिल बनेको मुद्दा हो, त्यही छोराको । कोसँग राख्ने भन्ने कुराको छिनोफानो भइसकेको छैन । ऐश्वर्यको भनाई छ ‘म टाट पल्टिसकेँ । छोरा मैले राख्नुपर्ने हो भने खर्चबर्च पनि देउ !’
-जनआस्था साप्ताहिक

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us