Wednesday, 10 February 2016

यस्तो छ बाबुरामकी छोरी मानुषीसँग बिहे गर्न लागेका जेकेन्द्रको नालीबेली

नयाँ शक्तिका अभियान्ता डा बाबुराम भट्राई पुत्री मानुषी यमी को बिवाह आगामी फागुन १ गते हुने भएको छ ।
हाल भारतको जवाहरलाल विश्वविद्यालयमा एमफिल गर्दै गरेकी मानुषीको विवाह नयाँ शक्तिकै विद्यार्थी संगठनमा सक्रिय तनहुँका जेकेन्द्र श्रेष्ठ सँग हुन लागेको हो ।
जेकेन्द्र र मानुषीको प्रेम सम्बन्ध डा बाबुराम भट्टराई प्रधानमन्त्री छँदादेखि नै थियो । तर सांगठानिक सहकर्मीका रुपमा मानुषी केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सचिव छँदा देखि नै मित्रता शुरु भएको पारिवारिक स्रोतले जनाएको छ ।
त्यसबेला जेकेन्द्र अखिल ९ क्रान्तिकारी ० केन्द्रिय क्याम्पस किर्तिपुरका इकाई अध्यक्ष थिए । मानुषीसँग गहिरो मित्रता सुरु भएपछि बबुराम पक्षधरकै नाताले संगठनको केन्द्रीय सचिवालय सदस्य पनि बनाइए ।बाबुरामको पार्टी बर्हिगमनसँगै मानुषी मात्र होइन जेकेन्द्र पनि नयाँ शक्ति तिरै लागेका थिए । उनी गरिब परिवारमा जन्मिएर मेहनत र लगनका साथ अघि बढेका विद्यार्थी नेता हुन् ।

उनको परिवारमा बुबाआमा र एउटी बिहीनी छन् । उनका बुबा कृषि पेशामा आवद्ध छन् । एक विद्यार्थी नेताले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार जेकेन्द्र मिठो बोल्ने र कसैलाई पनि सजिलै आफ्नो प्रभावमा पार्न सक्ने नेतृत्ववान क्षमताका विद्यार्थी नेता हुन् ।
मानुषीको बिवाहका लागि शीर्ष नेताहरुलाई फागुन १ गते अपराह्न १२ः३० को निम्तो छ । जिन्सी उपहार कष्ट नगर्न भनिएको छ । निम्तालुहरुलाई त्यसदिन सानेपास्थित बाबुराम निवासमा चिया–विस्कुट खुवाउने कार्यक्रम रहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us