
२० माघ, काठमाडौं । खस्कदो अर्थतन्त्र, असुरक्षालगायतका कारण देखाउँदै मलेसियामा कार्यरत लाखौँ नेपाली स्वदेश फर्कन आतुर देखिएका छन् ।
रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने अवस्था मिलाइदिन सरकारका साथ आग्रह गरेको आजको नागरिक दैनिकमा समाचार छ । यति ठूलो संख्यामा नेपाली एकै चोटि स्वदेश र्फकदा नेपाली अर्थतन्त्रमै गम्भिर धक्का लाग्ने अर्थविद बताउछन् ।
करिब ४१ लाख कामदार श्रम स्वीकृतिमा वैदेशिक रोजगारिमा विभिन्न देशमा रहेकामा दैनिक एक अर्ब ८० करोड नेपाल भित्रने गरेको नेपाल राष्ट्र बैंक तथ्यांक छ ।