लादेन अझै पनि क्यारेबियन क्षेत्रको देश बहामासमा रहेको स्नोडेनले दाबी गरेका हुन् । सिआईएको नियन्त्रणमा रहेको बन्दीगृहमा रहेका लादेन अब रिहा हुने बन्दीको सूचीमा रहेका दाबी उनले गरेका हुन् ।
लादेनलाई लुकाएवापत सिआईएलाई प्रति महिना मोटो रकम मिल्ने गरेको छ । ‘ओसामा सिआईएका सबैभन्दा क्षमतावान एजेन्टमध्ये एक हुन्’, स्नोडेनले भनेका छन्, ‘यदि अमेरिकाका एसईएएल कमाण्डोले उनलाई मारे भने दुनियाँभर सिआईएको व्यवस्थापनमा कस्तो सन्देश जान्छ ?’
लादेनलाई मार्दा सिआईएको सञ्जाल कमजोर हुने भन्दै स्नोडेनले अगाडि भने, ‘अमेरिकाले पाकिस्तानको खुफिया एजेन्सीसँग मिलेर लादेनको मृत्युको झुटो खबर सुनाएको थियो । दुनियाँले लादेन मरेको पत्याए पनि उनको खोजी कसैले गर्दैन त ?’
लादेनको मृत्युको खबरपछि अमेरिकाले उनलाई नियन्त्रणमा लिने मुख्य एजेन्डा हटाएका थियो । अमेरिकाले लादेनको दाह्री काटेर सैन्य ज्याकेट लगाइदिएको थियो। उक्त ड्रेस लगाएपछि उनलाई पाकिस्तानबाट गायब पारिएको थियो ।
स्नोडेन अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका पूर्व कन्ट्रयाक्टर थिए । उनी सन् २०१३ मा अमेरिकाबाट रुसतर्फ भागेका थिए । उनले अमेरिकी खुफिया एजेन्सीका १७ लाख कागजपत्र चोरी गरेर सञ्चारमाध्यमबाट सर्वसाधारणसमक्ष पुर्याएका थिए ।
उनी जेनेभामा भूमिगत भएर सिआईएका लागि काम पनि गरेका थिए । देशविरुद्ध जासुसी गरेको तथा गोप्य सूचना चुहाएको आरोपमा अमेरिकामा उनलाई ३० वर्षसम्म जेल हुनसक्नेछ ।
अमेरिकाको दाबीलाई पत्याउने हो भने लादेनलाई मारेपछि उसका कमाण्डोले उनको शवलाई साथैमा लगेका थिए ।
उनको शवलाई इस्लामिक परम्पार अनुसार अमेरिकी सेनाले नै समुद्रमा दाहसंस्कार गरेका थिए । अमेरिकाको यो दाबीपछि सर्र्वसाधारणमा उठेको प्रश्न भनेको यदि उनलाई मारिएको र दाहसंस्कार गरिएको भने अहिलेसम्म कुनै फोटो किन सार्वजनिक गरिदैन ?, लादेनसँग जोडिएका सवुदहरु पनि किन सार्वजनिक गरिँदैनन् ?
यो घटनाबारे अमेरिकी अधिकारीहरुले पनि अलग अलग बयान दिएका छन् । केही अधिकारीहरुल्े भने लादेनले उनीहरुमाथि गोली चलाएको बताएका छन् ।
तर, केहीले भने लादेन हतियारविहीन भएको बताएका थिए । पाकिस्तानका एक अधिकारीले पनि अमेरिकाको दाबीमाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए, ‘लादेनलाई उनीहरुले लगे पनि उनको मृत्यु भएको थिएन ।’
त्यस्तै एक अमेरिकी अभियन्ता सिन्डी सिहनले फेसबुकमा लेखेको थिए, ‘यदि तपाईंहरु ओबिएल (ओसामा बिन लादेन) को नयाँ मृत्युको कथामा विश्वास गर्नुहुन्छ भने, तपाईं मुर्ख बन्नुभयो ।’