
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६५ औं जन्म दिनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले भारतका आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत ओलीलाई पुष्पगुच्छा उपहार पठाएर शुभकामना र बधाई दिनुभएको हो ।
ओलीेले उनीहरुमार्फत प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो । आजै नयाँदिल्लीमा विश्व मामिलाका लागि भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा भारतका विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिनुभएको थियो ।