Tuesday, 23 February 2016

तारा एयरको विमान म्याग्दीको दाना गाविसमा फेला,२३ जना सवार रहेको जानकारी, को को थिए विमानमा हेर्नुस नामसहित

पोखराबाट जोमसोम उडेको तारा एयरका म्याग्दीको दाना गाविसमा दुर्घटना भएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।

सशस्त्र प्रहरीका डिआइजी नरेन्द्रकुमार सिंहले  दिएको जानकारी अनुसार आसपासका जिल्लाबाट समेत त्यसतर्फ टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको टोली पनि दाना गाविस तर्फ लागेको छ । यद्यपी दुर्घटनाको पुष्टि भने भइनसकेको डिआईजी सिंहले  बताए ।

यसैगरी नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले पनि म्याग्दीमा विमान दुर्घटना भएको खबर आएपछि हेलिकोप्टरसहित टोली गएको बताए


विमानमा हेर्नुस नामसहित
पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान सम्पर्कबिहीन भएको छ।

सम्पर्कबिहीन रहेको तारा एयरको उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए। विमानको कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा रावल छिन्।

यसैगरी विमानमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार रहेका छन्।

सम्पर्कबिहीन रहेको विमानमा बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन र मोतीबहादुर केसी सवार रहेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us