
विदेश गएका नेपालीहरुले विभिन्न देशबाट फोन र एसएमएस गरेर खनाललाई बधाइ दिइरहेका छन्। म्याच फिक्सिङको आरोपमा उनले राष्ट्रिय टोलीका कप्तान सागर थापासहितका ५ जना खेलाडीलाई नियन्त्रणमा लिएका थिए। म्याच फिक्सिङका कारण लामो समयसम्म फुटबलमा नेपालले जित दिलाउन सकेको थिएन्। तर खनालले म्याच फिक्सिङको जालो पत्ता लगाए लगत्तै नेपालले अन्तराष्ट्रिय खेलहरुमा धमाधम जित दिलाउन सफल बनेको छ।
हिजो (सोमबार) नेपालले घरेलु टोलि भारतलाई २-१ ले पछि पार्दै स्वर्ण पदक हात पारेको खेल खनालले लाजिम्पाटको कर्नर क्याफेमा बसेर हेरेका थिए। खेल जितेसँगै खनालले भने, ’नेपालले जित्यो निकै गर्व लाएर आएको छ, देशको स्वाभिमान पनि जितसँगै चौडा भएको छ। खेलाडीले चाहे, मिहनेत गरे के हुदैन रैछ भन्ने कुराको पनि पुष्टि भएको छ।’