Tuesday, 2 February 2016

फेसबुकमा गफ गर्दा गर्दै प्रेम गर्ने जोडी भेट्न जाँदा श्रीमान् श्रीमति भएपछि....

फेसबुकमा एकअर्कालार्इ लुकाइ लुकाइ च्याटिङ गर्ने पति पत्नीले एक दोस्रोलार्इ फेसबुक बनाएको कुरा कहिले सोचेका थिएनन् होला ।

हद तब भयो जब कयौं दिनसम्म च्याटिङ गरेपछि दुबैले भेट्ने निर्णय गरे । दुबैजनाले नक्कली नामबाट फेसबुकमा च्याट गर्दै आएका थिए। ६ महिना लामो च्याटिङपछि उनीहरु एक रेस्टुरेन्टमा भेट गर्न पुगे ।


जब रेस्टुरेन्ट दुबैजना भेटिए, तब त्यहाँ एकअर्कालाई दिएको धोकाको पोल खोल्न पुग्यो । एकअर्कालाई रेस्टुरेन्टमा भेटेपछि दुबैजना त्यहीँ भिड्न पुगे ।

नक्कली फेसबुक एकाउन्ट खोलेर फेसबुक च्याटिङ गर्दै आएका उनीहरु एक अर्काको पोल खुलेपछि झगडामात्रै गरेनन् अब छँदाखाँदाको घरबार पनि बिग्रने अवस्थामा पुगेको छ।

यहाँ थाहा पाइराख्नुपर्ने कुरा फेसबुकमा परिचय नखुलेको आइडी बनाएर कसैसँग च्याट गर्नु अब सामान्य बनिसकेको छ । खासगरी महिलाको तस्बिरसँगै बनेको आइडीको अक्सर जाँच नगरी नबुझी वास्तविक मानेर मानिसहरु खुलेर कुरा गर्छन् ।

यस्तै घटना भारतको उत्तरप्रदेशस्थित बरेली मढीनाथ निवासी एक व्यक्तिसँग हुन पुग्यो । उनले फेसबुकमा सर्च गरेर महिला आइडीलाई रिक्वेस्ट पठाएका थिए ।

करिब ६ महिनासम्म दुबैबीच च्याटिङ भइरह्यो । च्याटिङकै क्रममा दुबैले आफूलाई अविवाहित रहेको भनेर ढाँट्न सफल भए ।

च्याट गर्ने क्रम लामो हुँदै गएछि दुईबीचको मित्रता प्रेममा बदलियो । दुबैमा एकअर्काप्रति माया बढेपछि ती युवाले भेट्ने प्रस्ताव राखे ।

तर युवतीले उनलाई भेट्न इन्कार गरिरहिन् । युवकले कयौं पटक आग्रह गरेपछि युवती पनि भेट्न तयार भइन् ।

दुबैले भेट्ने स्थान र समय पनि फेसबुक च्याटिङबाटै तय गरे । शनिबार दिउँसो दुबैजना पहिलो डेटिङका रुपमा भेट्न एक रेस्टुरेन्टमा पुगे ।

तर, जब उनीहरुले त्यहाँ एकअर्कालाई देख्नेबित्तिकै दुबैको पैतला जमीनमा भास्सिए बराबर भयो । शुरुमा त उनीहरुबीच रेस्टुरेन्टमै विवाद शुरु भयो । दुबैबीच रेस्टुरेन्टमै घम्साघम्सी चल्यो ।

फेसबुक च्याटिङबाट शुरु उनीहरुको धोकाको खेल रेस्टुरेन्टमा पुगेर पटाक्षेप भएपछि पतिले पत्नीलाई प्रताडित गर्न थाले ।

रेस्टुरेन्टबाट घर पुगेपछि पतिले पत्नीलाई कुटपिट गरिरहेका छन् । पतिले आफूलाई कुटपिट गर्न थालेपछि पत्नीले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

फेक आइडी बनाएर शुरु फेसबुक च्याटले एक दुबैले एकअर्कालाई गम्भीर धोका दिए भने घरबार बिग्रन लाग्दा उनीहरु ुहामी नदीका दुई किनाराु गीत जस्तै अवस्थामा पुगेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us