
महन्थ ठाकुर भने यी दुईको महत्वकांक्षाको चेपुवामा परेको चर्चा मोर्चा भित्र चल्न थालेको छ । अझ भन्ने हो भने उपेन्द्र यादवसगँ हिमचिम बढाएका ठाकुर यती बेला यता न उता भएका छन् । तमलोपा चाँडो नाकाको धर्ना फिर्ता लिएको घोषणा गरेर भारतलाई नाकाबन्दी खुलाउन सघाउने पक्षमा छ ।
उपेन्द्र यादव पनि नाकाको धर्ना फिर्ता लिने पक्षमा थिए । तर राजेन्द्र महतोले उपेन्द्र विरुद्ध विभिन्न आरोप लगाउँदै आफूमात्र मधेशको सच्चा क्रान्तिकारी नेता भन्न थालेपछि उपेन्द्र पनि बाङ्गिएका छन् । राजेन्द्र महतोले मधेश आन्दोलनलाई पार्टी प्रवेश समारोहमा बदल्न थालेपछि उपेन्द्रले पनि केही जिल्लामा त्यसैगरी जवाफ दिए ।
अहिले पनि यिनीहरुको टकरावका कारण मोर्चा विभाजित हुनु अघिनै आन्दोलनलाई सुरक्षित अवतरण गराउन महन्थ ठाकुर लागिपरेका छन् । मधेशमा उपेन्द्र यादवकै पार्टी पहिला छ भने दोस्रोमा विजय गच्छदार, तेस्रोमा महन्थ ठाकुर र चौथोमा राजेन्द्र महतो रहेको अवस्था छ ।