Wednesday, 10 February 2016

दुई भतिजाले दिए कोइरालालाई दागबत्ति

कांग्रेसका सभापति एवंम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका भतिजाहरूले दागबत्ति दिएका छन्। कोइरालाका भतिजा एव‌ंम् उनका निजी सहयोगी अतुल र सुधांशु कोइरालाले बुधबार साँझ राजकीय सम्मानका साथ गरिएको अन्त्यिष्टिमा संयुक्त रुपमा दागवत्ति दिएका हुन्। अविवाहित कोइरालालाई उनका दाइ विनोद कोइरालाका छोरा अतुल र भाइ अरुण कोइरालाका छोरा सुधांशुले पशुपति आर्यघाटमा मुखाग्नी दिएका हुन।
 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us