Saturday, 20 February 2016

प्रधानमन्त्रीको भ्रमणमा गएका सभासद र बाँकी डेलिगेट दिल्लीमा अलपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा गएका अधिकांश सभासद र डेलिगेटहरु यति बेला नयाँ दिल्लीमा काम विहीन मात्रै होईन अलपत्र जस्तै भएका छन् ।

प्रधानमन्त्री केपी ओली दुई वटा हेलिकप्टरमा १८ जना मात्रै लिएर उत्तराखण्डको टेहरी उच्चबाध एवम जलविद्युत आयोजना अवलोकन गर्न त्यता तर्फ लागे पछि अन्य कता जाउ र के गरु जस्तै भएका छन् । जसका कारण उनीहरु काम विहीन बनेका हुन् ।

भारतीय विदेशमन्त्रालयले सभासदहरुलाई आग्रा  भ्रमणमा लाने बताएपनि अन्तिम समयमा क्यान्सिल गरेपछि उनी अहिले नयाँ दिल्लीमा के गर्ने भनि छट्पटीरहेको अवस्थामा रहेका हुन् ।

एमालेका भानुभक्त ढकाल, एमाओवादीका हितराज पाण्डे, नेकपा मालेका आईन्द्र सुन्दर नेम्वाङ्ग, फोरम गणतान्त्रिकका जितेन्द्र देब, राप्रपाका विक्रम पाण्डेसहित १५ सभासदहरु के गर्ने भन्ने अन्यौलमा छ ।

प्रधानमन्त्री भोली भुकम्प पछिको पुर्ननिर्माणको अवलोकन गर्न गुजरातको भुज जाने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोली जम्बो भएकोले भारतलाई उनीहरुको ब्यवस्थापनमा समस्या परिरहेको छ ।
सबै टोलीलाई लिएर जाँदा ठूलो जहाज नै लिएर जानु पर्ने तर कतिपय ठाँउमा जहाज नजाने भएकोले पनि भारतीयहरुलाई समस्या उत्पन्न भईरहेको छ ।

प्रधानमन्त्री भुज र मुम्बई पनि सबै टोलीलाई लिएर नजाने स्थितिमा रहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us