Thursday, 4 February 2016

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले गर्‍यो गोलको वर्षा, मेस्सी र सुवारेजको ह्याट्रिक

स्पेनिस क्लव बार्सिलोना कोपा डेल रे कप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ । गएराति भ्यालेन्सियाविरुद्ध सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले गोलको वर्षा गर्दै फराकिलो जित हासिल गरेको छ ।
बार्सिलोनाका लागि स्टाइकरद्वय लियोनेल मेस्सी र लुइस सुवारेजले ह्याट्रिक गरेको खेलमा भ्यालेन्सिया ७–० को गोल अन्तरले पराजित भएको हो । मेस्सीले ३ र सुवारेजले ४ गोल गरे । अर्का स्टाइकर नेइमारले भने पेनाल्टी प्रहारको मौका पाए पनि गोलमा परिणत गर्न सकेनन् ।

खेलको सातौं मिनेटमै सुवारेजले गोलको खाता खोलेका थिए भने १२ औं मिनेटमा उनले दोस्रो गोल गरे । २९ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिमतिर भ्यालेन्सियाका डिफेन्डर मुसाफीले डि–बक्समा मेस्सीलाई लडाएपछि रातो कार्ड पाएका थिए । त्यसबापत बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । तर पेनाल्टी प्रहारको मौका पाएका नेयमारले गोल गर्न सकेनन् ।

१० खेलाडीमा सीमित भ्यालेन्सिया त्यसपछि निकै दबाबमा परेको थियो । मध्यान्तरपछि बार्सिलोनाले थप चार गोल ग¥यो । ५८ औं र ७४ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे भने ८३ औं मिनेटमा गोल थप्दै सुवारेजले पनि ह्याट्रिक पुरा गरे । ह्याट्रिकपछि पनि सुवारेजले ८३ औं मिनेटमा गोल थप्दै टिमलाई ७–० को जित दिलाए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us