Wednesday, 24 February 2016

बिहेको मुखमा पुगेकी एयरहोस्टेस रमालाई मृत्यूले निल्यो

परिवारकी एक्ली छोरा थिइन् रमा राउत । साढे तीन वर्षदेखि तारा एयरमा एयरहोस्टेसका रूपमा कार्यरत  थिइन् । सोमबार पोखरा गएकी उनको परिवारमा बिहेबारे सल्लाह हुँदै थियो ।

मंगलबार मात्र आफन्तसँग आमाले उनको बिहे गर्नेबारे छलफल गरेकी थिइन् । तर, एक्ली छोरी अन्माउने परिवारको सपना अधुरै रह्यो ।  बुधबार बिहानैदेखि कुलेश्वरको जनमैत्री कलेजकै गेटमा रहेको राउतको घर शोकमा डुबेको छ । बुधबार साँझ उनको निवासमा पुग्दा परिवारका सदस्य बोल्न नसक्ने अवस्थामा थिए । दाइ प्रमोद चितवन गएका थिए ।

परिवारमा रमाका आमा र दुई भाइ  छन् । एकजना मेगा बैंकमा तथा अर्को नेपाल प्रहरीमा कार्यरत छन् । बिहानैदेखि राउतको निवासमा सान्त्वना दिन आफन्तको भीड लागेको छ । नयाँ पत्रिकाबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us