कक्षा ७ मा अध्ययन गर्दा गर्दै डडेल्धुरा आलितालका दिलबहादुर बोहरा घरको
आर्थिक स्थिती कमजोर भएकाले केही जागिरको खोजीमा भारतको पञ्जाव गए ।
पञ्जावमा पुगि काम गर्र्न सुूरु गरे निकै मेहनती र लगनशिल भएकाले उनका
मालिकले उनीलाई कामसँगै पढाई अगाढी बढाउँन सुझाव दिए र आवश्यक सहयोग पनि
गरे । काम र पढाईसँगसँगै अगाढी बढाईरहेका बेला उनलाई ईण्डियाको क्रिकेट
कल्चरले तान्यो । उसो त उनी सानै देखि क्रिकेटमा औधी रुची राख्थे । आफ्नोे
वरपर छरछिमेकका केटाहरु क्रिकेट किट लिएर विहान बेलुका क्रिकेट प्रशिक्षणमा
गएको दृश्यले उनलाई लोभ्यायो र उनले क्रिकेट करिअर अगाढी बढाउँने सोचे ।
पञ्जाव प्रान्तले भारतको क्रिकेटमा सधै उच्च स्थान ओगटेको छ । झन
बर्षेनी हुने आईपीएल प्रतियोगिताले त त्यहाँको माहोल नै वेग्लै हुन्थ्यो ।
उनीकाम गर्ने स्थान भन्दा केही घण्टाको दुरीमा रहेको अमृतसर स्थित गान्धी
ग्राउण्ड थियो । उनले पनि त्यहाँ गएर क्रिकेट प्रशिक्षण लिन तथा नियमित
अभ्यास गर्न थाले । प्रशिक्षण लिन थालेको केही समयमै उनको मेहनतले उनले
आफ्ना गुरुहरुलाई प्रभावित पार्न सफल भईसकेका थिए । उनी अझै राम्रो गर्न
सक्ने ठानेर उनका गुरुहरुले उनलाई दिल्लि प्रशिक्षणका लागि आज सुझाए ।
सुझावको अनुसरण गर्दै उनी पनि दिल्ली पुगे र कोटा मैदानमा प्रशिक्षणको
व्यवस्था मिलाएँ ।
दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया यु १९ टीमको १८ जनाको
क्याम्पसमा पर्न सफल भए । जुन उनको खेल जिवनको सवैभन्दा ठुलो उपलब्धी थियो ।
एउटा नेपाली खेलाडी ईण्डिया यु १९ विश्वकप टीमको १८ जनाको सुचीमा पर्नु
भनेको कम उपलब्धी थिएन । त्यो क्याम्प उन्मुक्त चन्दको कप्तानीमा रहेको
भारतिय टीमका लागी थियो । पछि त्यसै टोलीले सन २०१२ को यु १९ विश्वकप पनि
जित्यो । दुर्भाग्य उनी औलामा लागेको चोटका कारण अगाढी बढ्न सकेनन् र बन्नै
लागेको ईतिहास रोकियो । उनलाई औलामा चोट लाग्नु नेपाल र उनका लागी निकै
दुर्भाग्य बन्यो ।
औला फ्याक्चर भएपछि उनले केही समय क्रिकेट खेल्न सकेनन् । त्यतिवेला
उनलाई भारतमा आफै कमाएर आफ्नो खर्च धान्नुपर्ने पनि परिवारका लागि पैसा
पठाउँनु पर्ने थियो । त्यसैले केही समय क्रिकेटलाई बिट मार्दै उनी आर्थिक
उपार्जन तिर लागे । उनी धनगढी फर्केपछि धनगढीका साथीहरु केशव सिंह, राजेश
खत्री लगायतले उनलाई तपाई राम्रो क्रिकेट खेल्नुहुन्छ भन्दै आफ्नो टीमबाट
खेल्न आग्रह गरे । त्यतिवेला केशब र राजेश एसपीए टीमका महत्वपुर्ण सदस्य
थिए । उनीहरुको प्रस्ताव स्वीकार्दै दिलबहादुरले रोकिएको उनको क्रिकेट
यात्रा पुनः सुरु गरे, राम्रो प्रदर्शन पनि गरे ।
उनले धनगढी बसाईका क्रममा निकै टुर्नामेन्टहरु खेलेर सवैलाई प्रभावित
पारेका थिए । नेशनल प्रतियोगिताका लागि त्यतिवेला धनगढीमा सिनियर छनौट
प्रतियोगितामा उनले पनि सहभागिता जनाए । दुई खेल खेल्न पाएका उनले एक खेलमा
५० रन बनाएर अविजित रहे तर अन्तिम सुचीमा पर्न सकेनन् । उनीभन्दा कम
प्रदर्शन गर्नेहरु टीममा थिए तर सेलेक्टरले उनको प्रतिभा चिन्न सकेनन् र
उनी टोलीमा अटाएनन् । उनको मन निकै खल्लो भयो, ईण्डिया यु १९ टीमको
क्याम्पसम्म परिसकेका खेलाडीहरुलाई प्रदर्शन राम्रो हुँदा हुँदै पनि
क्षेत्रिय प्रतियोगितामा पनि चान्स नदिएकाले उनको नेपालबाट खेल्ने सपनालाई
तुषरापात भए जस्तै लाग्यो । मन खल्लो भएपनि उनले क्रिकेट छोडेनन् र डिसिएको
भारतको सह्रानपुरमा भएको क्रिकेट टुरमा सहभागी भए । उनीसँगै डिसिएको टोली
भारतको सह्रानपुर प्रतियोगिता खेल्न प्रस्थान गर्यो । त्यतिवेला आयोजकले
नेपालबाट डिसिएलाई मात्र टुर्नामेन्टमा प्रवेश दिएको थियो भने बाकीं
सम्पुर्ण टीमहरु भारतका विभिन्न क्षेत्रबाट थिए । प्रतियोगितामा डिसिएले
तेस्रो स्थान हात पार्यो उनको प्रदर्शन प्रभावशाली रह्यो ।
प्रतियोगिता सकि डिसिएको टोलीसँगै उनी धनगढी फर्किए । त्यसको केही दिनमा
उनका साथीहरुले दिल्लीमा किंग्स ईलेवन पञ्जावको छनौट खेल भईरहेको जानकारी
पाए र दिल्ली गएँ । छनौट खेलमा उनले ४२ बलमा ८४ रन र २ विकेट लिए जुन छनौट
खेलको सवैभन्दा राम्रो प्रदर्शन थियो । उनको यो प्रदर्शनले छनौटकर्ताको
आखाँमा उनी पर्न सफल रहे । छनौट खेल सम्पन्न भईसकेको केही दिनमा उनका नाममा
एक पत्र आयो । पञ्जाव क्रिकेट एशोसियशनको नामबाट आएको उक्त पत्र उनका लागि
आईपिल खेल्ने ढोका थियो । छनौट खेलमा राम्रो प्रदर्शन गरेका कारण उनले
पहिलो चरण पार गरिसकेको पत्रले स्पष्ट पार्यो अब दोस्रो चरणमा उनको फिटनेश
टेष्टका लागि पत्र थियो । किंग्स ईल्यावेन पञ्जावले पत्र मार्फत उनलाई
फिटनेश टेष्टका लागि बोलाईयो र उनी पञ्जाव गए । दुई दिनको फिटनेश क्याम्पमा
पनि उनी सफल भए । यसले उनलाई आईपीएलमा खेल्न अझ नजिक पु¥यायो ।
फिटनेश चरण पार गरिसकेपछि अब किंग्स ईलेवन पञ्जावले उनलाई अन्तिम
क्याम्पका लागि माहोली बोलाएको छ । पञ्जावका लागि मुख्य १६ जना
अन्तराष्ट्रिय खेलाडीहरु चयन भईसकेका छन । त्यससँगसँगै टीमले रिजर्व
खेलाडीका लागि अन्य १६ जनालाई खुला प्रतिस्पर्धा मार्फत टीममा भित्र्याउने
गर्दछ, उनले भने मेरो अन्तिम संघर्ष अब त्यही १६ जना भित्र पर्ने हो ।
आगामी मार्च ४ देखि १३ तारिखसम्म उक्त छनौट प्रतियोगिता छ । पत्रमा खेलिएको
छ, क्याम्पमा पर्न सफल तपाई नेपालको पहिलो खेलाडी हुनुहुन्छ, तपाईलाई बधाई
अनि शुभकामना । यदि म उक्त छनौट प्रतियोगितामा सफल हुन सके भने किंग्स
ईलेवनको सदस्यका रुपमा रहनेछु । छनौट भने मात्र किंग्स ईलेवनले उनीसँग
बार्षिक २५ लाख रुपैया सम्मको सम्झौता गर्नेछ भने अन्य ब्राण्डहरुले पनि
उनलाई स्पोन्सर गर्नेछन ।
क्याम्पका लागि लेटर आउँनु मेरो जिवनको सवैभन्दा ठुलो उपलब्धी हो, उनले
भने म लेटर पाईसकेपछि सिधै नेपाल आए । नेपालबाट खेल्ने मेरो पहिलो प्रयासमा
म क्षेत्रिय प्रतियोगिताबाटै फालिय तर अहिले आईपिएलको क्याम्पसम्म परेको
छु । म क्याम्प सम्म परेकाले नेपालमा पनि राम्रा खेल्ने प्लेयरहरु छन भन्ने
त्यहाँका कोचहरुलाई लागेको छ । उनीहरु प्रभावित भएका छन । तर अझै पनि मेरो
सपना नेपालबाटै खेल्नुछ । म अझै पनि नेपालबाटै खेल्ने प्रयास गर्नेछु,
उनले भने ।