Wednesday, 17 February 2016

ओलीको भ्रमण टोलीको लिस्टबाट भारत नै चकित, व्यवस्था मिलाउनै धौधौ

 प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने भारत भ्रमणलाई सिंगो नेपाल र नेपालीले मात्र नभएर भारतले पनि चासोका साथ हेरिरहेको छ । केही समय यता चिसिएको दुई देशबीचको सम्बन्ध सुधार हुने अपेक्षाका लागिमात्र भारतले ओलीको भ्रमणलाई चासो दिएको होइन, ओलीसँगै दिल्ली आउने अतिथीहरुको भूमिका र छलफलको विषयमा पनि भारतले निकै चासो राखेको छ ।

ओलीका साथ एक सयभन्दा बढी प्रतिनिधि भारत भ्रमणमा जाँदैछन् । सामान्यतया, कुटनीतिक भ्रमणमा सहभागी हुने टोलीलाई ‘काउन्टरपार्ट’ (समकक्षी) को व्यवस्था गरिन्छ । तर ओलीको भ्रमण दलमा विभिन्न शीर्षकका सल्लाहकारका अतिरिक्त विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेत सामेल छन् । जसले गर्दा भारतलाई नेपाली भ्रमण टोलीको काउन्टरपार्ट मिलाउन धौधौ परेको छ ।

काठमाडौंस्थित भारतीय दुतावासले परराष्ट्रमन्त्रालय र विभिन्न राजनीतिक दलका नेताहरुसँग यसबारे परामर्श गरि भारतीय विदेश मन्त्रालयलाई लगातार नेपाली टोलीकाबारे जानकारी उपलब्ध गराइरहेको स्रोत बताउँछ ।

ओलीको भ्रमण टोलीमा सत्तारुढ एमाले, एमाओवादी लगायतबाटमात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित आन्दोलनमा उत्रिएका मधेसवादी दलका प्रतिनिधि पनि सामेल छन् । त्यसअतिरिक्त नीजि क्षेत्रका प्रतिनिधि, सरकारी प्रतिनिधि पनि भ्रमण दलमा समेटिएका छन् ।
प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने भारत भ्रमणलाई सिंगो नेपाल र नेपालीले मात्र नभएर भारतले पनि चासोका साथ हेरिरहेको छ । केही समय यता चिसिएको दुई देशबीचको सम्बन्ध सुधार हुने अपेक्षाका लागिमात्र भारतले ओलीको भ्रमणलाई चासो दिएको होइन, ओलीसँगै दिल्ली आउने अतिथीहरुको भूमिका र छलफलको विषयमा पनि भारतले निकै चासो राखेको छ ।
justify;">ओलीका साथ एक सयभन्दा बढी प्रतिनिधि भारत भ्रमणमा जाँदैछन् । सामान्यतया, कुटनीतिक भ्रमणमा सहभागी हुने टोलीलाई ‘काउन्टरपार्ट’ (समकक्षी) को व्यवस्था गरिन्छ । तर ओलीको भ्रमण दलमा विभिन्न शीर्षकका सल्लाहकारका अतिरिक्त विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेत सामेल छन् । जसले गर्दा भारतलाई नेपाली भ्रमण टोलीको काउन्टरपार्ट मिलाउन धौधौ परेको छ ।
काठमाडौंस्थित भारतीय दुतावासले परराष्ट्रमन्त्रालय र विभिन्न राजनीतिक दलका नेताहरुसँग यसबारे परामर्श गरि भारतीय विदेश मन्त्रालयलाई लगातार नेपाली टोलीकाबारे जानकारी उपलब्ध गराइरहेको स्रोत बताउँछ ।
ओलीको भ्रमण टोलीमा सत्तारुढ एमाले, एमाओवादी लगायतबाटमात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित आन्दोलनमा उत्रिएका मधेसवादी दलका प्रतिनिधि पनि सामेल छन् । त्यसअतिरिक्त नीजि क्षेत्रका प्रतिनिधि, सरकारी प्रतिनिधि पनि भ्रमण दलमा समेटिएका छन् ।
खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः

- See more at: http://imagekhabar.com/samachar/detail/58443/29/.shtml#sthash.LnBqhTMY.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us